काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।
बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा अहिले बिहान ११ बजे बस्दैछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।
आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदैछन् । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनी गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कार्की कांग्रेस नेता डा। शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीला सत्ता गठबन्धनमा आबद्ध नेकपा ९माओवादी केन्द्र० ले पनि विश्वासको मत दिने जनाएको छ ।
९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । शुरुमा एमालेका ३९ र कांग्रेसका ८ जनाको समर्थनमा मुख्यमन्त्रीमा उम्मेदवार बन्नु भएका कार्कीलाई पछि केन्द्रीय सत्ता गठबन्धमा रहेका दलहरुले गठबन्धनकै मुख्यमन्त्रीका रुपमा स्वीकार गरेपछि उनलाई बिश्वासको मत पाउन सहज हुने बताइएको छ । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।
संवाददाता । बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित