सुर्खेत । सुर्खेतमा सडक स्तरउन्नती गर्नुपर्ने माग राख्दै विद्यार्थीले सडक आन्दोलन गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ४ को भैरवस्थान सडकखण्ड स्तरउन्नती हुनुपर्ने विद्यार्थीले माग राखेका छन् । कर्णाली प्रदेश अस्पताल जाने मुख्य सडकका रुपमा रहेको यो सडक स्तरउन्नती नहुँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।
आज जन नमुना माध्यामिक विद्यालय र भैरव माध्यामिक विद्यालयका विद्यार्थीहरुले सडक स्तरउन्नतीको माग राख्दै ४ घण्टा उक्त सडक अवरुद्ध गरेका थिए ।
हेर्नुहोस् भिडियोमा
संवाददाता । आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित