Karnali Media
२०८३ भदौ १६ , मंगलबार

लाइसेन्स परीक्षार्थीलाई ट्राफिक सचेतना कक्षा, सुरक्षित सवारीमा जोड



सुर्खेत । नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले यातायात व्यवस्था कार्यालय सुर्खेत सँगको सहकार्यमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा दिन आएका परीक्षार्थीहरूलाई सवारी साधनसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ।

कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा ट्राफिक निरीक्षक शुसोभन श्रेष्ठले सुरक्षित सवारी सञ्चालनका आधारभूत सिद्धान्त, सडक अनुशासन, लेनको सही प्रयोग, ट्राफिक संकेतको पालना तथा सम्भावित दुर्घटनाबाट कसरी जोगिने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए।


उनले सवारी चलाउँदा ध्यान दिनुपर्ने कानुनी प्रावधान, गति नियन्त्रण, मदिरा सेवनपछिको सवारी सञ्चालनको जोखिम तथा पैदलयात्रीप्रति अपनाउनुपर्ने सावधानीबारे समेत सचेत गराएका थिए।

लिखित परीक्षासँगै व्यवहारिक ज्ञान र सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले नयाँ चालकहरूलाई जिम्मेवार र सुरक्षित सवारी चालक बन्न प्रेरित गर्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार