सुर्खेत । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र नेपालगन्जको संयुक्त टोलीले १४ किलो ७६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र रुकुम पश्चिम घर भई हाल बाँकेको कोहलपुर नगरपालिका–६ बस्ने ६० वर्षीय टोपजङ गिरी रहेका छन्।
विशेष सूचनाका आधारमा कोहलपुर–११ चौराह नजिक बुढालाई १ किलो अफिमसहित पक्राउ गरिएको थियो। उनको बयानका आधारमा गिरीको डेरा कोठाको फ्रिजभित्र लुकाएर राखिएको १३ किलो ७६० ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ। टोलीले अप्रेसनका क्रममा १ राउण्ड हवाई फायरसमेत गरेको थियो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ।
प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार










