सुर्खेत, असोज ६ । स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका कर्णालीका ४ हजार १ सय ४४ जना उम्मेदवारहरुलार्ई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
समयमा निर्वाचन खर्च विवरण नबुझाएको १५८ जना नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुख पदका उम्मेदवार ३१७ जना गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार र ४१४४ जना वडामा वडा अध्यक्ष, वडासदस्य पदका उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
समयमा निर्वाचन खर्च कर्णालीका, १४ नगरपालिकाका र ३२ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।
उनीहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी भएका थिए । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाले कर्णालीका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे ।
ननगरपालिकाका प्रमुख र उपप्रमुखलाई ४ लाख ५० हजार, ननगरपालिकाका वडा अध्यक्ष, वडा सदस्यहरुलाई २ लाख जरिवाना बुझाउनु पर्ने हुमा पर्छन् ।
त्यस्तै आयोगले जिल्लाका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार जरिवाना गरेको छ । गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्यहरुलाई १ लाख पचास हजार जरिवाना तोकेको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेकोे भनाई छ ।
भावना राना । बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित