पोखरा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
पोखरामा बसेको राखेप बैठकले उक्त निर्णय गरेको बोर्ड सदस्य अन्जन धमलाले जानकारी दिए । नवौं प्रतियोगिता अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा भइरहेको छ । प्रतियोगिता समापनको पुर्व सन्ध्यामा तयारी बैठक बसेको उनले बताए ।
२०८१ मा अर्को प्रतियोगिता हुने छ । तर महिना टुंगो लागेको छैन ।
संवाददाता । बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित