Karnali Media
२०८३ असार १६ , मंगलबार

कर्णालीमा मिल्यो मन्त्रालयको भागबन्डा : माओवादीले पायो भौतिक, आन्तरिक र कृषि

एमालेले पायो आर्थिक, सामाजिक र पर्यटन तथा वातावरण मन्त्रालय


सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको भागबन्डा टुङ्गिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मंगलबार भएको बैठकले मन्त्रालयको भागवण्डाको विषय टुङ्गिएको हो ।

अब कर्णालीमा नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।


यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । उनले भने, ‘मन्त्रालय टुङ्गो लागेको छ, भोलि बेलुकासम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’

प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार