सुर्खेत । भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायण कुमार चपाईं सर्वसम्मत चयन भएका छन्। संस्थाको २५औँ वार्षिक साधारण सभाले चपाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो।
वीरेन्द्रनगर नगरपालिका–७ स्थित संस्थाको साधारण सभाले उपाध्यक्षमा दुर्गा चपाईं, सचिवमा कुमारी विन्दु नेपाल र कोषाध्यक्षमा धर्मराज अधिकारीलाई चयन गरेको छ।
त्यस्तै, सञ्चालक समिति सदस्यमा पूर्णा चालिसे (महिला), गंगाराम सुनार (जनजाति तथा दलित), दीपक ध्वज हमाल, मीना देवकोटा र ललिता चन्द सर्वसम्मत चयन भएका छन्।
साधारण सभाले बालानन्द पोखरेलको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ। समितिको सदस्यमा भरत ज्ञवाली र विजयकुमार केसी चयन भएका छन्।
साधारण सभामा संस्थाको वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनामाथि छलफल गरी पारित गरिएको थियो। सोही अवसरमा संस्थामा नियमित बचत गर्दै आएका उत्कृष्ट बचतकर्तालाई सम्मानसमेत गरिएको संस्थाले जनाएको छ।
नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम मंसिर ७ गते दिउँसो ३ बजेका लागि तय गरिएको छ।







