सुर्खेत । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार उपेन्द्र खड्का वीरेन्द्रनगर समृद्धिका बिभीन्न १६ संकल्प लिएर जनता माझ गएका छन् । लामो समयदेखि समाजसेवा तथा युवाहरुमाझ लोकप्रिय खड्का वीरेन्द्रनगरको प्रमुखमा सर्बाधिक चर्चामा रहेका छन् ।
को हुन उपेन्द्र खड्का ?
नेपाली काँग्रेस वीरेन्द्रनगर नगर कार्य समिति सुर्खेतका सभापति उपेन्द्रबहादुर खड्का चर्चित युवा नेता हुन । २०३६ साल मंसीर २६ गते जन्मिएका खड्काले बाजेको प्रेरणाले सामाजिक सेवामा लागेका थिए । खड्का विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिए । त्रिचन्द्र कलेजबाट राजनीतिमा कदम बढाउएका उनको राजनीतिक गुरु भने, काँग्रेसका युवा नेता गगन थापा हुनुहुन्छ । त्रिचन्द्र कलेज पढ्दा सवैभन्दा सानो म नै थिए, सवैले भाईभाई भन्थे कलेज पढ्दाका दिनहरु सम्झदै खड्काले भने, त्यतिवेला गगन थापा, किशोरसिह राठौरजस्ता सिनियर दाईहरुलाई स्ववियू चुनाव जिताउन अहोरात्र खटेको थिए
बाजेको प्रेरणाले समाजसेवी
खड्का बाजेको संगतले सानैदेखि समाज सेवामा लाग्नुभएको थियो । बाजे जयबहादुर खड्का वकिल हुनुहुन्थ्यो । बाजेलाई सवैले ‘बिचारी भनेर चिन्थे । बाजेकै छत्रछायामा हुर्किनु भएका खड्काले सानैदेखि समाज परिवर्तन गर्ने दृढ अठोट लिनु भएको थियो । त्यो अठोटलाई कार्यान्वयन गर्न राजनीतिक पृष्ठभूमिले मलजल गरेको छ । उहाँका ठुलो बुवा इन्द्रबहादुर खड्का सासंद हुनु भएको थियो । पहिले दैलेख र सुर्खेत एउटै जिल्ला थियो । त्यो वेला योग्यताको आधारमा सिधै जनताको प्रतिनिधी बनाउने चलन थियो । त्यो वेला स्नताक गर्नु भएका इन्द्रबहादुर सासद हुनु भएको थियो । सुर्खेतमा पहिलो पटक हेलिकप्टेर अवतरण गराउने पनि उहाँ नै हुनुहुन्छ ।
राजनीतिमा छलाङ्ग
युवा अवस्थामै राजनीतिमा महत्वपूर्ण छलाङ्ग मार्न सफल खड्काले बाजेको संगतले गर्दा धेरै कुराको अनुभव गर्नुभयो । सरकारी कार्यालयमा कर्मचारीले गर्ने व्यवहार, भष्ट्राचार, काम गर्ने शैली जस्ता कुराले उहाँको कलिलो दिमागमा गहिरो छाप पर्यो । गरिव तथा विपन्न जनताको जीवनस्तर बदल्नु पर्छ भन्ने सोचले राजनीतिमा हामफाले उहाँले भन्नुभयो, म सगै कलेज पढेका सवै साथीहरु विदेशतिर लागे । म भने कलेजेको पढाई सकेर सुर्खेत फर्किए, आफनो गाउँ ठाउँमा केही गर्नुपर्छ भनेर सुर्खेत आए ।
ग्रामिण विकासमा एमए र बातावरण विज्ञानमा विएसी गर्नु भएका खड्का स्वदेशमै धेरै अवसर देखेर विदेश नगएको बताउनु हुन्छ । चाहेको भए, जुनसुकै मुलुक पनि जान सक्थे । विदेशमा गएको भए, पैसा पनि कमाइन्थ्यो होला, तर उर्जाशिल समयजति विदेशमा खर्चेर वुढेस कालमा गाउँ आउनुको अर्थ हुदैन्थ्यो
लोकप्रिय युवाको छवि
सुर्खेतका लोकप्रिय युवा खड्का २०६१ सालवाट सक्रिय राजनीतिमा आउनु भएको थियो । ७/८ वर्षदेखि नेपाली काँग्रेस वीरेन्द्रनगर नगर समितिको सचिवको रुपमा काम गदै आउनु भएको छ । काँग्रेस पार्टी भित्र लोकप्रिय युवाको छवि बनाउनु भएका खड्का स्थानीय निकायको चुनावमा भारी मत ल्याएर विजयी हुनु भएको थियो ।
सय जनालाई रोजगार
अधिकाश नेताले पेशा नै राजनीतिक बनाएका छन । अरु नेताले जस्तो उहाँले राजनीतिलाई पेशा बनाउनु भएको छैन, आफनो व्यवसाय गर्नु भएको छ । विद्यालयदेखि प्राविधिक शिक्षालय, क्याम्पस, कल्सल्टेन्सी हुदै आइएमईसम्मको व्यवसाय संचालन गर्नु भएको छ । उहाँले सय जना भन्दा बढीलाई रोजगारी पनि दिनु भएको छ । राजनीतिलाई नै मुख्य पेशा बनाउनु राम्रो हैन उहाँ भन्नुहुन्छ, त्यसो गरे भष्ट्राचार मौलाउँछ ।
आफनो व्यवसाय नभएपछि के खाने, के लगाउने अनि छोराछोरी कसरी पढाउने समस्या हुदैन, व्यवसाय नभए त्या खर्च कहाँवाट ल्याउने ? व्यवसाय छैन भने कसरी चल्छ । राजनीति गर्ने व्यक्ति पहिला आर्थिक रुपमा सक्षम हुनुपर्छ । त्यसैले आयआर्जनको लागि व्यवसाय गर्नु जरुरी छ । नेपालमा राजनीतिलाई पेशा ठानेकै कारण भष्टाचार मौलाएको छ त्यसैले गर्दा पछिल्लो समय राजनीतिज्ञप्रति वितृष्णा पैदा हुदै गएको छ । राजनीति गरेपनि समाज सेवा गरेपनि आयमुलक व्यवसाय गर्नुको विकल्प छैन, खड्का भन्नुहुन्छ ।
पाकाको सुझाव, युवाको नेतृत्व
खड्का राजनीतिमा युवालाई उचित अवसर दिनुपर्नेमा जोड दिनुहुन्छ । सिनियर लिडरहरुले अव युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ उहाँ भन्नुहुन्छ, युवाले नेतृत्व पाए पार्टीलाई सही गति दिन सक्छन समाज पनि वदल्न सक्छन । अब पाका नेताहरुले अनुभव साटासाट गर्ने, सल्लाह सुझाव दिने र युवालाई नेतृत्व सुम्पिने वातावरण सृजना गर्नुपर्छ ।
पार्टीहरुले युवालाई नेतृत्वमा ल्याउनको लागि आफनो सोच परिवर्तन गर्नुपर्छ । नेतृत्व लिन युवाहरु आफै पनि सक्रिय हुनुपर्छ । पाका नेताहरुले गरेका गलत कुरालाई पनि ठिक छ भन्नु हुदैन, गतल कुरालाई प्रसय दिनु हुदैन, उहाँ भन्नुहुन्छ । अब नेतृत्व लिन युवा पनि कसिनुपर्छ । नेतृत्वले पनि युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने मेरो मान्यता छ, उहाँँ उल्लेख गर्नुहुन्छ ।
विकासका मुद्धामा साझा प्रतिवद्धता
सक्रिय राजनीतिको अनुभव सुनाउदै खड्का भन्नुहुन्छ, पार्टीभित्र समाज निर्माणको मुद्धाले ठाउँ नै पाउँदैनन । गुटबन्दी धेरै हुन्छ । सवै पार्टीमा यस्तै हो । अर्को कुरा एउटा पार्टी हावी भएको ठाउँमा अर्को पार्टीले विकास निर्माणमा प्राथमिकता नदिने चलन छ, त्यो पनि हटाउनु पर्छ । विकास भनेको सवैको साझा हो, एउटा पार्टीलाई चाहिने अर्को पार्टीलाई नचाहिने होइन । विगतमा जे जस्तो भएपनि अव भने विकासका मुद्धाहरुमा सवै पार्टीहरुको साझा प्रतिवद्धता हुनुपर्छ, खड्का भन्नुहुन्छ ।
सुर्खेतलाई नमुना जिल्ला वनाउने
सुर्खेतलाई नमुना जिल्ला वनाउने उहाँको योजना छ । चाहे त्यो आथिक रुपमा होस, चाहे सामाजिक, चाहे पर्यटकिय, चाहे भौतिक सवै क्षेत्रमा सुर्खेतलाई नमुना जिल्ला बनाउन पर्नेमा जोड दिनुहुन्छ । अहिले पनि सुर्खेतमा खेतीयोग्य धेरै जमिन वाझै छ । माटो परिक्षण गरेर माटो सुहाउँदो अन्नवाली, तरकारी र फलफुल खेती गर्न जनप्रतिनिधीलाई पहल गर्नुपर्ने सुझाव दिनुहुन्छ । पशुपालनलाई व्यवस्थीत गदै आनुनिकीकरण गर्ने गर्नुपर्ने, सुर्खेतलाई औद्योगिक जिल्लाको रुपमा पनि विकास गर्न सकिन्छ । कर्णालीतिर पाइने जडिवुटीलाई संकलन, प्रशोधन गरी बजारीकरण गर्न सकिन्छ ।
वस्तु हैन, आइडिया बेच
अवको युगमा वस्तु हैन आइडिया बेच्नुपर्छ । त्यो राजनीतिमा पनि हुन्छ, व्यवसायमा पनि हुन्छ, खड्का भन्नुहुन्छ, बेरोजगार युवाहरुलाई लक्षित गरी अव गाउँ र नगरपालिकाले रोजगारमूलक ठोस कार्यक्रम बनाउनु पर्छ । विपन्नहरुलाई तालिम मात्रै दिएर हुदैन, उद्यमी नै बनाउनु पर्छ । जलस्रोत, पर्यटन र जडिवुटीलाई प्राथमिकतामा राखेर योजना बनाउनु पर्छ । ६ नम्वर प्रदेशलाई सवैभन्दा धनी प्रदेश बनाउनको लागि सुर्खेतले नै त्यसको अगुवाई गर्नुपर्छ । सवै गाउँ पालिका र नगरापालिकाले जनताको लगानीमा उद्योग संचालन गर्नुपर्छ । जनतालाई सेवा सुविधा दिनको लागि प्रत्येक गाउँ नगरले आफैले स्वास्थ्य संस्था चलाउन सक्छन ।
अर्काको भर पर्नु हुदैन
सरल स्वभावका धनी खड्का सानैदेखि आफैले केही न केही गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्थयो । अर्काको भर पर्नु हुदैन, जे गर्ने हो आफैले गर्नुपर्छ र, विकास आफैवाट सुरुवाट गर्नुपर्छ, भन्ने सोचाई उहाँको छ । अरुले गफ मात्रै गर्छन म काम गर्छु यही फरक छ उहाँले भन्नुभयो, अरुको देखासिकीमा हैन, आफनै खुट्टामा उभिएर उपलव्धी हासिल गर्न सकिन्छ
यस्ता छन् १६ संकल्प
१.असल शासन र जवाफदेहिता
– प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गरिने छ।
– हरेक महिनाको सात (७) गते कार्यपालिकाको बैठक अनिवार्य गरिने छ । त्यसको जानकारी आम नागरिकसम्म पुर्याउनका लागि ‘नगर प्रमुख–पत्रकार भेटघाट कार्यक्रम’ गरिने छ ।
– आयोजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण गरिने छ।
– नागरिकबाट प्राप्त गुनासाको अभिलेखिकरण र कारवाहीको जानकारी लिनका लागि छुट्ट संयन्त्र निर्माण गरिने छ ।
– जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र गठन गरिने छ।
– अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी नागरिकका लागि घर दैलोमा सेवा प्रवाह उपलब्ध गराइने छ।
२.शिक्षा, युवा तथा खेलकुद
– सार्वजनिक विद्यालयमा पढाईको गुणस्तरमा सुधार गर्दै भौतिक पूर्वाधार सम्पन्न बनाइने छ । विद्यालयमा निर्माण हुने संरचना अपाङ्गतामैत्री र लैङ्गिकमैत्री बनाइने छ ।
– हरेक विद्यालयमा विद्यार्थीले सिकेका कुराहरुलाई आफ्नां अभिभावक र आम नगरवासीसम्म पुयाउनका लागि ‘सिकाई मेला को आयोजना गरिने छ।
– विद्यार्थीहरुको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक का रुपमा आमन्त्रण गरिने छ।
– विभिन्न पेशा र व्यवसायमा संलग्न स्थानीय र राष्ट्रिय व्यक्तित्वहरुलाई विद्यार्थीसँग जोड्नका लागि विद्यालयमा एक दिन कार्यक्रम सञ्चालन गरिने छ ।
– विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयनमा ल्याइने छ।
– प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिने छ।
– जनप्रतिनिधि, स्थानीय र अभिभावक रहेको ‘विद्यालय सहयोगी समूह’ गठन गरिनेछ ।
– खेल क्षेत्रको विकास, खेलाडी उत्पादनका लागि विद्यालय स्तरीय प्रतियोगीताहरु नियमित सञ्चालन गरिने छ।
– हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन, बाह्य प्रतियोगीतामा सहभागीताका लागि आवश्यक तयारी गरिने छ।
३.स्वास्थ्य
– स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि ‘घरमै टेलिमेडिसिन सेवा’ उपलब्ध गराइने छ।
– विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिने छ।
– नागरिकलाई घर–आँगनमै सेवा प्रवाह गर्नका लागि मासिक रुपमा हरेक वडामा ‘स्वास्थ्य शिविर सञ्चालन गरिने छ।
– अस्पताल, स्वास्थ्य संस्थासम्म आउन नसक्नेहरुका लागि निजी क्षेत्रसँगको सहकार्यमा ‘होम केयर’ को व्यवस्था गरिने छ।
– ब्लड बैंकको स्थापना र सञ्चालन गरिने छ।
– खोप केन्द्र, गाउँघर क्लिनिकलगायत समुदायमा आधारित सेवालाई प्रभावकारी बनाउँदै महिला स्वास्थ्य स्वयम्सेवीकाको दक्षता अभिबृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गरिने छ ।
– वीरेन्द्रनगरलाई ‘पूर्ण स्वास्थ्य बीमित’ बनाइने छ ।
– सुत्केरी महिलालाई ‘सुत्केरी सहायता भत्ता’ दिइने छ ।
– वीरेन्द्रनगर नगर अस्पतालमार्फत जेष्ठ नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइने छ ।
– विद्यालय तहदेखिनै योग कक्षा सञ्चालनमा ल्याइने छ।
– महिला स्वास्थ्य स्वयमसेवीकाको घरलाई सरसफाई र प्राथमिक उपचार केन्द्रको रुपमा विकास गरिने छ ।आफ्नो सेवा क्षेत्रभित्रका नागरिकहरुलाई मौसम अनुसार लाग्ने स्वास्थ्य शिक्षा महिनामा एक पटक दिने व्यवस्था मिलाइने छ । यसवापत खाजा खर्च स्वरुप मासिक पाँच सय रुपैयाँ थप उपलब्ध गराइने छ ।
– पालिका र प्रत्येक वडामा मनोसामाजिक विमर्सकर्ता राखिने छ ।
४.कृषि
– ‘एक टोल, एक कृषि उपज संकलन केन्द्र’ निर्माण गरिने छ । कृषि उपजको विक्री–वितरणका लागि हाट बजारको व्यवस्था मिलाइने छ ।
– कृषि उत्पादनलाई बजारको पहुँचमा पुयाउन ‘कृषि एम्बुलेन्स’ को व्यवस्था गरिने छ।
– पालिकाभित्रका किसानका भैंसी तथा गाईहरु व्याएपछि चारा स्वरुप एक हजार प्रोत्साहन खर्च उपलब्ध गराउने
– कृषि सामाग्री, वीउ विजन र कृषि वीमामा अनुदानको व्यवस्था गरिने छ।
– बजारमुखि व्यवसायीक योजना निर्माणमा सहयोग गरिने छ।
– वीरेन्द्रनगरलाई मासुमा आत्मनिर्भर बनाइने छ।
– कृषकको सुचिकरण र वर्गीकरण गरिने छ।
– किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराइने छ ।
– व्यक्तिका बाँझो जमिन भाडामा लिएर बेरोजगार युवाहरुलाई उच्च मूल्यका खेतीमा प्रोत्साहन गरिने छ ।
५.उद्यमशीलता र रोजगारी
– एक वडा, एक उद्यमशील केन्द्र को अवधारणा कार्यान्वयन गरिने छ।
– वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरुलाई विदेशमा सिकेको सीप अनुसारको उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिने छ।
– स्थानीय तहमा उपलब्ध हुने रोजगारका सुचना तथा तथ्याङ्कसहितको ‘रोजगार बैंक को स्थापना गरिने छ । रोजगार बैंकमा संकलन भएका तथ्याइकको आधारमा सीपमूलक तालिम सञ्चालन गरिने छ।
– युवाहरुलाई प्राविधिक तथा व्यवसायीक शिक्षा, तालिम, सीप र सीपको विविधिकरणमा सरिक गराइने छ।
– घरेलु तथा साना उद्योगहरुलाई ठूला खरिदकर्ता र सुपर मार्केटहरुसँग सम्बन्ध स्थापित गराउन सहजीकरण गरिने छ ।
– स्थानीय रोजगारी सृजना गर्ने उद्योगहरुलाई निश्चित प्रतिशत स्थानीय कर छुटको व्यवस्था गरिने छ ।
– वैदेशिक रोजगारीमा रहेका तथा फर्केकाहरुको सीप र पुँजीलाई एकीकृत गरी उत्पादन र रोजगारी सृजना हुने क्षेत्रको पहिचान गरेर लगानी गर्न प्रेरित गरिने छ।
६.पर्यटन
– वीरेन्द्रनगर–१४ लाई नयाँ पर्यटकीय गन्तव्य बनाउन तथा उपत्यकामा भूमिगत पानीको स्रोत बढाउनका लागि सोतखोलामा मानव निर्मित ताल निर्माण गरिने छ ।
– वीरेन्द्रनगरका मुख्य पर्यटकीय क्षेत्रहरु मध्ये बुलबुलेदेखि कांक्रेविहार जोड्न ‘सर्किट’ निर्माण गरिने छ ।
– गोठीकाँडा, अमृताडाँडा, रातानाङ्लालगायतका पर्यटकीय गतिविधि धेरै हुने क्षेत्रमा सुविधायुक्त होटल निर्माणका लागि प्रोत्सहान गरिने छ।
– पर्यटन सुचना केन्द्रको स्थापना तथा सञ्चालन गरिने छ । पर्यटकीय क्षेत्रहरुको गाइड बुक’ प्रकाशन गरिने छ ।
– भइरहेका होम–स्टेहरुको प्रभावकारी व्यवस्थापन गदै संभाव्य स्थापनमा होम स्टे स्थापना र सञ्चालनको व्यवस्था मिलाइने छ । होम–स्टे सञ्चालकहरुलाई अंग्रेजी भाषा तालिम, सरसफाई र सुरक्षा सम्बन्धी तालिम र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
– निजी क्षेत्रसँग सहकार्य गरेर भेरीमा जलयात्राका साथै गोठीकाँडाबाट प्याराग्लाइडिङ सञ्चालन गरिने छ ।
७.यातायात
– वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालनमा ल्याइने छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीहरुलाई निःशुल्क सेवा दिइने छ ।
– सुरक्षाका लागि सार्वजनिक यातायातमा सिसी टिभी क्यामरा जडान अनिवार्य गरिने छ।
– अटो भिलेजको निर्माण तथा सञ्चालन गरिने छ ।
८.वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण
– उत्तरी जलाधारको संरक्षणमा विशेष ध्यान दिइने छ । खाली जमिनमा उच्च मूल्यका बृद्धारोपाण गरिने छ। गुराँस संरक्षण नीति ल्याएर कार्यान्वयन गरिने छ।
– ‘मेरो सहर, हरित सहर’ अर्न्तगत सहरी सौन्दर्यलाई ध्यानमा राखेर आवश्यक नीति तथा कार्यक्रम ल्याइने छ । ‘एक घरः एक विरुवा’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने छ ।
– बाढी, पहिरो, डुवान, बन डढेलो जस्ता विपत्तिहरुका बारेमा आम नागरिकहरुलाई तत्काल सुचना दिने व्यवस्था मिलाइने छ।
– प्रत्येक टोलमा ‘एक–एक जना सुरक्षा दूत’ घोषणा गरिने छ ।
– नदीजन्य पदार्थको उत्खनन् गर्दा वातावरणमा पर्ने प्रभावलाई ध्यान दिइने छ ।
– विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतका सार्वजनिक स्थलमा हरियाली क्षेत्र तोकेर हरियाली प्रवर्द्धन गरिने छ ।
– कांक्रेविहारदेखि सत्तेकाँडासम्म जैविकमार्ग निर्माण गरिने छ।
– उत्तरी जलाधारको संरक्षणमा विशेष ध्यान दिइने छ । खाली जमिनमा उच्च मूल्यका बृक्षारोपण गरिने छ ।
९.फोहर मैला व्यवस्थापन
– स्वच्छ नगरपालिका, स्वस्थ नागरिक : स्थानीय रोजगारीका लागि फोहरलाई मोहर कार्यक्रम सुरु गरिने छ । फोहरमार्फत कम्पोष्ट मल तथा बायोउर्जा उत्पादन गरेर फोहरलाई मोहर बनाउने, सेफ्टीट्याङ्कीबाट निस्कने दिसाजन्य लेदोलाई कम्पोष्ट मलका रुपमा प्रयोग गर्ने, प्लाष्टिकजन्य फोहरलाई तातो अलकत्रा र बिटुमिनमा मिसाएर प्रशोधनगरी सडकमा प्रयोग गर्ने, फोहर प्रशोधन गरेर खेलौना, चकटी आदी निर्माण गरेर बेरोजगारलाई स्वरोजगार बनाइने छ।
– सामुदायिक पशुपालन तथा पर्यावरणीय आयआर्जनका लागि गौशाला व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने छ । छाडा चौपायाहरुको सामुदायिक तथा सहकारी मोडलमा व्यवस्थापन गर्दै पशु गोवरबाट बायोउर्जा उत्पादन गरेर शव जलाउन प्रयोग गरिने छ।
१०.सामाजिक न्याय र समावेशीता
– वादी समुदाय, न्यून आय भएका दलित र विपन्न परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– वीरेन्द्रनगरका सम्पूर्ण नागरिकहरुको सामुहिक वीमाको व्यवस्था गरिने छ ।
– ‘समान काम : समान ज्याला’ लाई कार्यान्वयन गरिने छ ।
– उत्पादनशील क्षेत्रमा महिला सहभागीता र महिला उद्यमशीलता अभिबृद्धि गरिने छ ।
– अपाङ्गता भएकाहरुका लागि पहुँचयुक्त प्रविधि, ब्रेल लिपि तथा दोभाषे र साङ्केतिक भाषाको विकासमा जोड दिइने छ ।
– अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्यमी र व्यवसायीलाई ‘नगर सम्मान’ द्वारा सम्मानित गरिने छ ।
– नगरमा ‘बालबालिका संरक्षण कोष’ स्थापना गरिने छ । आमा–बुवा गुमाएका, संरक्षण विहिन बालबालिकाको अभिभावकत्व नगरपालिकाले लिने छ ।
– ‘बाल प्रतिभा प्रोत्साहन पुरस्कार’ स्थापना गरिने छ।
– जेष्ठ नागरिकहरुको सीप र अनुभवलाई प्रयोगमा ल्याउनका लागि सबै वडाहरुमा ‘जेष्ठ नागरिक मिलन केन्द्र’ सञ्चालनमा ल्याइने छ ।
११.भाषा, कला, संस्कृति र खेलकुद
– नगरभित्र बोलिने सबै भाषा, साहित्य र कलाको संरक्षण गरिने छ ।
– हरेक महिनाको १ गते र १५ गते खुल्ला मञ्चमा हुँदै आएको देउडा कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।
– गीत, संगीत सम्वन्धीत तालिमको व्यवस्था गरिने छ ।
– पुरानो पाटी पौवा, मठ मन्दिर, चैत्य गुम्वाहरुलाई मौलिकतामा आधारित स्थानीय सामाग्रीबाट निर्माण गर्न प्रोत्साहित गरिने छ ।
– सबै जातजातिका परम्परागत जात्रा, पर्वको संरक्षण, सञ्चालन र व्यवस्थापन गरिने छ ।
– क्रिकेट, भलिवल, फुटवललगायतका खेलकुदका तालिम सञ्चालन गरिने छ।
– ‘एक वडा, एक खेलकुद मैदान’ निर्माण गरिने छ ।
– पार्क, व्यायामशाला र रंगशाला निर्माणलाई प्राथमिकता दिइने छ।
१२.सामाजिक रुपान्तरण
– घरेलु हिंसा तथा महिलामाथि हुने हिंसामा शून्य सहनशीलताको नीति अख्तियार गरिने छ ।
– जातीय, सांस्कृतिक, लैङ्गिक, वर्गीय र सामाजिक विभेदको पूर्ण रुपमा अन्त्य गरिने छ
– धुम्रपान, मद्यपान, लागूपदार्थ दुर्व्यशन जस्ता सामाजिक विकृतिको उचित व्यवस्थापन, र नियन्त्रण गरिने छ ।
१३.सुचना प्रविधि तथा सञ्चार
– प्रत्येक सार्वजनिक स्थललाई ‘फ्रि वाइफाइ जोन’ बनाइने छ ।
– वीरेन्द्रनगरका मुख्यमुख्य स्थानहरुमा डिजिटल सुचना पाटी स्थापना गरिने छ । नगरका गतिविधिहरु उक्त सुचना पाटीमार्फत नागरिकहरुलाई जानकारी गराइने छ ।
– नगरका गतिविधिलाई सञ्चार माध्यममार्फत आम नागरिकसम्म पुयाउने पत्रकारलाई हरेक वर्ष सम्मान गरिने छ । पत्रकारिता अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ ।
१४.सुरक्षा
– सिसी टिभी क्यामराको पहुँचलाई विस्तार गरिने छ ।
– बढ्दो सहरीकरणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिइने छ ।
– दीगो ट्राफिक व्यवस्थापनका लागि सामुदायिक पार्कीङको व्यवस्था मिलाइने छ ।
– विपद्का घटनाहरु जानकारीका लागि टोलटोलमा सुरक्षा साइरन जडान गरिने छ।
१५.मोडल रोजगार सेवा केन्द्र
– नगरबासीलाई स्वरोजगार बनाउन मोडल रोजगार सेवा केन्द्र बनाईनेछ ।
१६.मेयर उधमशिलता कार्यक्रम
– मेयर उधमशिलता कार्यक्रम बनाएर धेरै नागरिकलाई उधमी बनाउने सम्भावनाको पहिचान गरिनेछ ।
संवाददाता । बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित