सल्यान । बढ्दो सवारी दुर्घटना र लागूऔषध दुव्र्यसनीको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्या नले संयुक्त रुपमा सचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन् । उक्त कार्यक्रम सोमवार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कपुरकोट गाउँपालिका–४ किमुचौर र जीवन ज्योति नमुना माध्यमिक विद्यालय कपुरकोट ५ रिम सल्यानमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सल्यानका प्रहरी प्रमुख डिएसपी केेशर कुमार न्यौपानेले लागूऔषध दुव्र्यसनीका असरहरू र यसबाट बच्नका उपायहरूबारे जानकारी गराएका थिए । कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीसम्म यातायात नियम र लागूऔषध नियन्त्रणको बारेमा सचेतना फैलाउनु र समुदायमा सुरक्षा संस्कृतिको विकास गर्नुरहेको छ । यस कार्यक्रमका आयोजकहरूले यस प्रकारका कार्यक्रमहरू सवारी दुर्घटनामा कमी ल्याउने र समाजमा सुरक्षित यात्रा संस्कृतिको प्रवर्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।साथै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख (डिएसपी) केशर कुमार न्यौपाने, प्रहरी नायब निरीक्षक शाही, शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।प्रहरी नायब निरीक्षक शाहीले विद्यार्थीसँग ट्राफिक नियम र यातायात सुरक्षा बारे छलफल गरेका थिए । उनले विद्यार्थीहरूलाई सवारी दुर्घटनाबाट बच्नका लागि यातायात नियमहरूको पालना गर्न महत्वपुर्ण रहेको बताए ।
संवाददाता । सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित