सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावैका २४ बर्षीया दीपेन्द्र सिंह रहेका छन् ।
वीरेन्द्रनगर–१० को नयाँगाउँ टोलमा संकास्पद रुपमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीका अनुसार उनलाई सोधपुछ गरेर खानतलासी गर्दा ५२० मिलिग्राम लागु औषध फेला परेको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनलाई नियन्त्रणका लिएर अहिले थप अनुसन्धान भइरहेको कार्कीले बताए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, साउन ०२, २०७९ मा प्रकाशित