Karnali Media
२०८३ साउन १३ , बुधबार

वीरेन्द्रनगरमा साइकल दुर्घटना, एक जनाको मृत्यु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर १ को गौरीखोला पुलमा सोमबार विहान साइकल सवार एकजना व्यक्ती दुर्घटनामा परी घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।


स्थानीयका अनुसार उनी साइकल सहित पुलबाट खोलामा खसेका हुन् ।

अहिले प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार