सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा भइरहेको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सवमा विवाद भएको छ ।
महोत्सवको वाहिर फुटपाथमा व्यापार गरी बसेका व्यापारी र सुरक्षाकर्मीबीच विवाद भएको हो । विवादमा ढुङ्गा हानाहान समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
महोत्सवको वाहिर व्यापार गरिरहेका व्यापारीले गर्दा महोत्सव भित्र स्टल राखेका व्यापारीले व्यापार नभएको गुनासो गर्दै आएका थिए । प्रहरीले महोत्सव बाहिरका व्यापारीलाई हटाउन खोजेपछि यो विवाद आएको हो ।
संवाददाता । मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित