Karnali Media
२०८३ जेठ २५ , सोमबार

सुर्खेत बसपार्क तनाबग्रस्त, भोलि सडक बन्द गर्ने आफन्तको चेतावनी



सुर्खेत । सुर्खेत बसपार्कमा आज दिउँसो बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएपछि सुर्खेत बसपार्क तनाबग्रस्त भएको छ ।

बसले ठक्करबाट मृत्यु हुनेमा जाजरकोटको छेडागाड नगरपालिका ६ घर भई हाल वीरेन्द्रनगर ११ बामेखोला बस्दै आएकी ६५ बर्षीया नदि रावत रहेको आफन्तले बताएका छन् ।


आफन्तले विभिन्न माग राखेर भोलि सुर्खेत बन्द गर्ने भन्दै सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार