सुर्खेत । “कर्णाली उत्सव, कुडा कर्नालीका” चौथो संस्करण आजबाट वीरेन्द्रनगर सुर्खेतमा सुरु हुने भएको छ । तीन दिन संचालन हुने यो उत्सवलाई विचारको उत्सवका रुपमा लिइन्छ ।
कर्णालीको आर्थिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्दै कर्णालीको समग्र विकास र समृद्धिका लागि बृहत् छलफल हुने कर्णाली उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरु संग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृती झल्काउने कार्यक्रमहरु, कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने कर्णाली उत्सवले जनाएको छ ।
कर्णाली उत्सव संचालन गर्दै आएको ऋति फाउन्डेसन कर्णाली उत्सव फागुन ५–७ गतेसम्म वीरेन्द्रनगरको बुलबुलेमा संचालन हुने जनाएको छ । कर्णाली उत्सवको चौथो संस्करणमा १६ वटा सेसन रहने कर्णाली उत्सवका संयोजक कमल लम्सालले जानकारी दिए । कर्णाली उत्सवले विचार जन्माउने र कर्णालीका बारेमा खुल्ला छलफल हुने पनि उनले बताए । यो उत्सवका सेसनहरुमा ६० प्रतिशत वक्ताहरु कर्णालीका रहने पनि उनको भनाई छ ।
कर्णाली उत्सवलाई संचालन गर्न ५०–६० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । आज विहान साइकल र्याली हुने र ११ बजे मुख्यमन्त्रीले उद्धाटन गर्ने कर्णाली उत्सवमा शुक्रबार विभिन्न विषयबस्तुमा ५ सत्र रहनेछन ।
यस्तो छ, पहिलो दिनको समयतालिका
संवाददाता । शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित