Karnali Media
२०८३ भदौ ६ , शनिबार

कर्णाली उत्सवको मुख्यमन्त्री शर्माले गरे उद्धाटन



सुर्खेत । कर्णाली उत्सव, कुडा कर्नालीकाको चौथो संस्करणको कर्णालीका मुख्यमन्त्री राज कुमार शर्माले उद्धाटन गरेका छन् । शुक्रबार सुर्खेतको बुलबुलेमा सुरु भएको कर्णाली उत्सवको मुख्यमन्त्री शर्माले उद्धाटन गरेका हुन् ।


फागुन ७ गतेसम्म संचालन हुने विचारको उत्सव कर्णाली उत्सवको उद्धाटन गर्दै मुख्यमन्त्री शर्माले समस्याको व्याख्या गर्नेहरुको कमी नभएकोले अब समस्याको व्याख्या गर्ने मात्र नभई समस्याको समाधान कसरी गर्ने गर्ने भन्नेबारे वहस निरन्तर गर्न जरुरी भएको बताए । कर्णाली उत्सवमा हुने बहसले समृद्ध कर्णाली निमार्णमा महत्वपूर्ण सहयोग पुर्याउने बताउँदै मुख्यमन्त्री शर्माले भने, “जनताले निती निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडी बढाउन जरुरी छ ।”

प्रकाशित मिति : २०७९ फागुन ५ गते शुक्रबार