सुर्खेत । बुद्बुदी युवा क्लबले लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा न १० मा राष्ट्रिय कृषि महासंघको सहयोगमा बुद्बुदी युवा क्लबले लागुऔषध दुर्व्यसनी एवम् ओसारपसार विरुद्ध कार्यक्रम गरेको हो ।
पछिल्लो समय लागुऔषध दुर्व्यसनीका घटना बढिरहेकाले लागुऔषध दुर्व्यसनी तथा ओसारपसार न्युनिकरण गर्ने उद्देश्यले विद्यालयका विद्यार्थीहरुका साथै समुदायका नागरिकहरुसंग सचेतनामुलक कार्यक्रम गरिएको बुद्बुदी युवा क्लबले जनाएको छ । पछिल्लो समयमा यूवायूवतिहरु लागु औषधको कुलतमा फस्दै गएको बताउदै यस्तो कार्यक्रमले लागुऔषध न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बुद्बुदी युवा क्लबका अध्यक्ष मोति प्रसाद खनालले बताएका छन् ।
खनालले यस्ता खालका कार्यक्रमहरु गरिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रमका मुख्य प्रशिक्षक मंगल शर्माले समाजका युवा नै समाज परिवर्तन गर्ने आधार भएकाले लागुपदार्थ देखी टाढै रहनुपर्ने बताउदै लागुऔषध समाजको विकृतिका रुपमा रहेकाले यसको न्यूनीकरणका लागी सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए ।
लागुपदार्थमा फसेपछि छुट्न निकै गाह्रो हुने बताउदै लागुऔषधबाट टाढा रहनुपर्ने वीरेन्द्रनगर नगरपालिका वडा न १० का वडा अध्यक्ष डिल बहादुर रखालले जोड दिएका छन् ।
उनले लागुऔषध शुरुमा लत पछि व्यवसाय हुदै जेल र मृत्यु सम्म पुग्ने भएकाले युवा पुस्ताले सहयोग गरे थुप्रैको जिवन बचाउन सकिने बताए । समाजमा विकृति फैैलन नदिन लागिपर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
संवाददाता । शनिबार, फागुन २०, २०७९ मा प्रकाशित