Karnali Media
२०८३ असार ११ , बिहीबार

सुर्खेत महिला जेसीजद्वारा जिल्ला कारागारमा डस्टवीन वितरण



सुर्खेत । सुर्खेत महिला जेसीजले जिल्ला कारागार सुर्खेतमा रहेका महिलाहरुकालाई फोहर व्यवस्थापनका लागि डस्टवीन वितरण गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर कारागारमा रहेका महिलाहरुलाई १२ वटा डस्टवीन वितरण गरिएको अध्यक्ष सीता भण्डारीले जानकारी दिइन् ।

‘महिला दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य संघको सहयोगमा कारागारभित्रको फोहर व्यवस्थापनका लागि डस्टवीन वितरण गरेका हौं,’ अध्यक्ष भण्डारीले भनिन्, ‘डस्टवीनसँगै पानी खाने बोत्तल पनि उपलब्ध गराएका छौं ।’ सुर्खेत कारागारभित्र ४४ जना महिला कैदी÷बन्दी छन् । उनीहरुसँगै पाँच जना बालबालिका पनि कारागारभित्र छन् ।


कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, उपाध्यक्ष प्रेम रावत, कोषाध्यक्ष आरपी पाण्डे, पूर्व अध्यक्ष धनबहादुर रावत, कारागार कार्यालय सुर्खेतका निरज बस्नेत, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्ष शुष्मा गिरी, कृति गुभाजु शाक्य, लक्ष्मी गुरुङलगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार