सुर्खेत । सुर्खेत महिला जेसीजले सुर्खेत जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई मनोपरामर्श तालिम सञ्चालन गरेको छ ।
शुक्रबार जिल्ला कारागारमा रहेका कैदीहरुको मनोबल बढाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो ।
अपराधीले अपराध गर्नु पछाडि मानसिक कारण हुने भएकाले उनीहरुकोे मानसिकतामा सकारात्मक कुरा ल्याएर नैतिक सुधार गरी समाजमा स्थापित गराउन यस्तो कार्यक्रम गरिएको सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले जनाइन् ।
तालिममा ३ सय ६५ पुरुष, ४३ महिला र ५ जना गरि जम्मा ४ सय १३ जना कैदीबन्दीलाई मनोपरामर्शकर्ता नमेन्द्र शर्माले प्रशिक्षण दिएका थिए ।
संवाददाता । शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित