क्यानाडाको अलबर्टा प्रान्तमा जंगलमा लागेको डढेलोका कारण आपतकालीन अवस्थाको घोषणा गरिएको छ । डढेलोका कारण २५ हजार मानिसले घर छाडेको बीबीसीले जनाएको छ ।
एक सय भन्दा बढी स्थानमा डढेलो लागेपछि अलबर्टा प्रान्तका प्रिमियर ड्यानियल स्मिथले यसलाई अविश्वसनीय रहेको प्रतिक्रिया दिएका छन् । इस्टन सहरका ८ हजार मानिसलाई तत्काल सो स्थान छाड्न आग्रह गरिएको छ ।
स्मिथका अनुसार आगलागीका कारण १ लाख २२ हजार हेक्टर डढेको छ । डढेलो अनियन्त्रित भएको तथा हावाहुरीका कारण थप क्षेत्रमा डढेलो बढ्दै गएको छ । ड्रेटन उपत्यकामा कम्तिमा २० घर जलेर नष्ट भएको जनाइएको छ ।
संवाददाता । आइतबार, बैशाख २४, २०८० मा प्रकाशित