सुर्खेत । सुर्खेतमा सामुदायिक सुरक्षा जालो (सीएसएन) परियोजनाको सुरुवात गरिएको छ ।
नागरिक आवाजको सहयोगमा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा यो परियोजनाको सुरुवात गरिएको हो ।
दिगो वातावरणीय अभ्यासहरुलाई समर्थन गर्ने र जलवायु परिवर्तनको प्रभावहरुलाई कम गर्दै वातावरणीय शान्ति प्रवर्द्धन गर्न यो कार्यक्रम सन्चालन गरिएको वामले जनाएको छ । साथै दिगो कृषि अभ्यासहरुलाई समर्थन गरेर कमजोर समुदायको लागि खानामा पहुँच सुधार गर्दै खाद्य सुरक्षा बढाउने सीएसएनको उद्देश्य हो ।
सीएसएनले बलियो सामुदायिक संजालहरु निर्माण गरेर हिंसा, जोखिम र असुरक्षाका घटनाहरुलाई न्यूनीकरण गर्ने जनाएको छ ।
द्वन्द समाधान र मध्यस्थताका लागि तालिम र सहयोग प्रदान गर्ने, सामुदायिक प्रहरीका पहलहरुलाई सुदृढ गर्ने, न्याय र कानुनी सेवामा पहुँच सुधार समेत गर्नेछ ।
विपद् पीडित तथा अन्य विभिन्न किसिमको जोखिममा रहेका अति विपन्न परिवार तथा समुदायको निम्ति जिविकोपार्जन सम्बन्धि सिपमुलक तालिमहरु सन्चानल समेत गरिनेछ ।
परियोजना अवधि जनवरी २०२३ देखि जुन २०२५ सम्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि करिव १ हजार ५ सय जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।
परियोजना अवधीमा विपद् पीडित तथा विपद्को उच्च जोखिममा रहेकाहरुले राहत सहयोग पाउने, मनोसामाजिक अपांगता सम्बन्धि सचेतना अभिवृद्धि साथै महिला तथा अन्य सामाजिक रुपमा उपेक्षितमा परेका व्यक्ति, परिवार तथा समुदायका सवाल र समस्या सम्बोधन भै समाधान हुनेछन् ।
परियोजनाको अनुमानित बजेट प्रशासनिक तर्फ ८ लाख २२ हजार ४ सय २६ र कार्यक्रम खर्च तर्फ ४१ लाख ७७ हजार ५ सय ७४ गरि जम्मा पचास लाख रहेको छ ।
संवाददाता । बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित