Karnali Media
२०८३ असार १० , बुधबार

सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आव्हान, ‘राष्ट्रको निम्ति एकसाथ अघि बढौं’



सुर्खेत । नागरिक अभिनन्दनको लागि सुर्खेत आएका पूर्वराजा ज्ञानेन्द्र शाहले अब देशका लागि के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ ? सोच्ने बेला भएको बताएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै उनले राष्ट्रका निमित्त एकसाथ अघि बढ्न आव्हान पनि गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भने, “आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो। हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु। त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं। राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ। नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं। त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं।


स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल।”

पूरा भिडिओ:

प्रकाशित मिति : २०८० जेठ १३ गते शनिबार