Karnali Media
२०८३ साउन १५ , शुक्रबार

प्रधानमन्त्री मोदीले भने-‘सीमासम्बन्धी विवाद पनि समाधान गर्छौँ’



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग देखिएका सीमासम्बन्धी विवाद समाधान गर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री मोदीले दुई मुलुक मिलेरै सीमासहितका सबै विषयमा समाधान गर्ने बताएका हुन् ।

मोदीले नेपाल र भारतको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको भन्दै अझै बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीब्रता दिनुपर्ने पनि बताए । मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणासमेत गरे ।


पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले पनि सीमा समस्या समाधानको विषयमा छलफल भएको र द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न आफूले आग्रह गरेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच आगामी दिनमा थप अझ राम्रो सम्बन्ध कायम हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८० जेठ १८ गते बिहीबार