Karnali Media
२०८३ जेठ २८ , बिहीबार

प्रधानमन्त्री प्रचण्ड सालिक अनावरण गर्न दैलेख आउँदै



दैलेखमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेका छन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् उनी दैलेख आउन लागेका हुन् ।

दाहालहरुको उत्पती थलो दुल्लू नगरपालिका–१२ स्थित दह गाउँमा हुने कार्यक्रमका लागि प्रचण्ड दैलेख आउँदै छन्। यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ ।

कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ । प्रधानमन्त्री दाहालले प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।


यो प्रतिमा २५ जेठमा काठमाडौँबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्याइएको थियो ।

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ ।

प्रतिमा अनावरण कार्यक्रमका अलावा प्रधानमन्त्रीले श्रीस्थानको अनुगमन गर्ने कार्यक्रम रहेको छ । ज्वाला क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ उत्खनन लगाएतका विषयमा उनले जानकारी लिने छन् । त्यसपछि प्रचण्ड आज नै काठमाडौँ फिर्ता हुने बताइएको छ ।

प्रकाशित मिति : २०८० जेठ ३१ गते बुधबार