Karnali Media
२०८३ असोज २८ , बुधबार

नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा



ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

चीनबाट बंगलादेश हुँदै उनी विमानस्थलमा अवतरण गरेको बताईएको छ। उनीसँगै ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।


उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार