Karnali Media
२०८३ असार ९ , मंगलबार

सुर्खेत महिला जेसीजको ट्राफिक सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न



सुर्खेत । सुर्खेत महिला जेसीजले ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार सुर्खेतको वीरेन्द्रचोक, नेताचोक लगाएतका स्थानमा पैदल यात्री लगाएत सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि सचेतना दिइएको हो ।

सुर्खेत महिला जेसीज वर्ष २०२३ ले सञ्चालन गर्दै आएको सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाचौं दिन सर्बसाधारणलाई ट्राफिक नियम सम्बन्धि सचेत गराउनुका साथै बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुञ्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।


सुर्खेतमा बढ्दो सवारी दुर्घटनाबाट बर्षेनी सयौँको संख्यामा ज्यान गुमाउने र हजारौको संख्यामा घाईते हुने भएकाले गरेको हुदा यसको न्युनिकरणको लागि यो सचेतना कार्यक्रम आयोजना गरिएको सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यलय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र सिंह बुढाथोकीले सुर्खेतमा सवारी दुर्घटनाको प्रमुख कारण ट्राफिक जनचेतनाको अभाव रहेको बताउदै यस्ता खाले कार्यक्रमहरुले नागरिक स्तरमा सचेतना फैलिने बताए ।

प्रहरीले मात्र सवारी दुर्घटना न्युनिकरण गर्न नसक्ने हुदा यसमा नागरिकहरुको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार