Karnali Media
२०८३ असार ९ , मंगलबार

सुर्खेत महिला जेसीजद्वारा भानु पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न



सुर्खेत । सुर्खेत महिला जेसीजद्वारा भानु पार्क (डीएनपी डाडा)मा वृक्षारोपण कार्यक्रम गरेको छ ।

बुधबार सप्ताहव्यापी कार्यक्रम अन्तरगत वातावरण संरक्षणका गर्ने उद्देश्यले विभिन्न प्रजातीका विरुवाहरु रोपेर सुर्खेत महिला जेसीजले वृक्षारोपण गरेको छ ।

वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले वृक्षारोपण गरी वातावरण स्वस्थ, शान्त, हराभरा पार्दै संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिएको सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले बताइन् ।


कार्यक्रममा सहभागिता जनाउदै वीरेन्द्रनगर नगर पालिकका उपप्रमुख निलकण्ठ खनालले यस्ता कार्यक्रमले वातारण संरक्षणमा टेवा पुर्याउने बताउदै रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएका छन् ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार