जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डायलासिस सेवा सुरू गरिएको छ ।
मृगौला रोगीहरुलाई केन्द्रित गर्दै सोमबारदेखि डायलासिस सेवा सुरु गरिएको हो । अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार मेसिन जडान गरेपछि सेवा सुरु गरिएको हो ।
उहाले डायलासिस सेवा लिनको लागि मिर्गौला रोगीहरुलाई आह्वान समेत गरेका छन् । डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन । तर कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइनेछ ।
जसका लागि एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिइएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।
यो सेवा अस्पतालले नि:शुल्क रुपमा प्रदान गर्ने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महँगोमा सेवा लिइरहन बाध्य थिए ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिइएको छ ।
जुम्लामा पहिलोपटक डायलासिस सेवा सुरू
जुम्लामा पहिलोपटक डायलासिस सेवा सुरू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । शनिबार, भदौ ०२, २०८० मा प्रकाशित