सुर्खेत । रुकुमपश्चिबाट नेपालगन्ज जाँदै गरेको यात्रुवाहक हाइस बस राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलास्थित दुर्घटना हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका– २ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी सल्यान कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो । तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ।
संवाददाता । सोमबार, भदौ ०४, २०८० मा प्रकाशित