सुर्खेत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु सुर्खेत आउने भएका छन् ।
भदौ १४ गते वीरेन्द्रनगरमा हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’ लाई सभालाई सम्बोधन गर्न नेताहरु सुर्खेत आउन लागेका हुन् । प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत आउने छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरको कर्बड हलमा गरिएको छ । १४ गते दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने र प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरु सोही दिन सभालाई सम्बोधन गरेर काठमाडौँ फर्किने छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको उद्देश्य रहेको केसीले बताइन् ।
संवाददाता । सोमबार, भदौ ११, २०८० मा प्रकाशित