सुर्खेत । प्रेस चाैतारी नेपालकाे सुर्खेतकाे नयाँ कार्यसमित गठन गरिएकाे छ । आज भएकाे सुर्खेत जिल्लाकाे छैठाैं अधिवेशनबाट गाेविन्द खत्रीकाे अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएकाे हाे । महिला उपाध्यक्षमा सीता वली, खुला उपाध्याक्षमा एसकुमार चपाइँ, सचिवमा मुना हमाल, सह-सचिव खुलामा दिनेश बुढा, समावेशी सहसचिवमा यामबहादुर विक र काेषाध्यक्षमा अप्सरा विष्ट चयन भएकी छन् ।
१४ जना सदस्यहरू रहेकाे कार्यसमितमा राजकुमारी पाैडेल, लक्ष्मी हमाल, सुरेश पाैडेल, पार्वती विक, तेज विक्रम तिवारी, मग्रिव बक्स, खुमलाल न्याैपाने, दिपक बराल, खगेन्द्र शाही, विक्रमकुमार विक, खगेन्द्र हमाल, कल्पना हमाल, नवराज उपाध्याय र अनिता विक चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाइ शुभकामना व्यक्द गर्दै प्रदेश इन्चार्ज वीरबहादुर गिरी, संयाेजक प्रकाश अधिकारी, पारिश्रमिक निर्धारण समितिमा सदस्य नवराज महताराले व्यवसायीक र स्वच्छ पत्रकारिताकाे नारालाइ अभ्यास गरेकाे चाैतारीकर्मीलाइ थप एकत्रित गरेर अघि बढ्न सुझाव दिएका छन् । उद्घाटन समाराेहमा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, सुर्खेत जिल्ला इन्जार्ज नवराज रावत, सुर्खेत अध्यक्ष अमृत विसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संवाददाता । बुधबार, माघ ०५, २०७८ मा प्रकाशित