Karnali Media
२०८३ जेठ २८ , बिहीबार

अधिकार प्रत्यायोजन नगर्ने भए संघीयता हटाइदिऔँ : जीवन शाही



सुर्खेत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले सङ्घीयता कार्यान्वयनका लागि संविधान अनुसार अधिकार प्रत्योजन हुने गरी कानुन बन्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले भने, ‘सङ्घीयताको विषयमा पार्टीको धारणा के हो रु’ प्रदेशका सभापति, पूर्वमुख्यमन्त्री र वर्तमान मुख्यमन्त्रीहरू समेतले यो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएको स्मरण गर्दै उनले प्रश्न गरे ।

नेता शाहीले संविधान कार्यान्वयन गर्न त्यस अनुसारको कानुन बनाउन आवश्यक रहेकोमा जोड दिए ।


‘यदि सङ्घीयता हाम्रो पार्टीलाई नै मन परेको छैन भने यसलाई हटाइदिऔँ । बिना कामको त्यसै मन्त्री भनेको छ, मुख्यमन्त्री भनेको छ’ उनी अगाडि भन्छन्, ‘होइन भने कानुनमा संविधानले दिएको अधिकार प्राप्त गर्न हामी अगाडि बढ्नुपर्छ ।’

प्रदेश सरकारले आफ्नो भवनसमेत बनाउन सक्ने कानुनी आधार नरहेको उल्लेख गर्दै उनले अधिकार नदिएर सङ्घीयता भनिरहन नहुने बताए । सङ्घीयता भन्न त्यस अनुसार अधिकार प्रत्यायोजित गर्दै कानुन बनाउनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार