Karnali Media
२०८३ असार २९ , सोमबार

अब कुरा सु-शासनको नगरेकै वेश हुन्छ (गजल)



अब कुरा सु-शासनको, नगरेकै वेश हुन्छ,
जाहाँ सदन भित्र अपराधीकै प्रवेश हुन्छ!

लुटिन्छ अस्मिता र मारिन्छन् निर्मलाहरु
हत्यारा लुकाउने यस्तो पनि देश हुन्छ ?

काहाँ जावस पीडित न्यायको भिक माग्न,
अपराधी छुटाउन न्यायालयकै आदेश हुन्छ ।


मलाई त्यही देशको नागरिक बन्नु छ,
जहाँ अखण्ड हिमाल ,पहाड संगै मधेस हुन्छ।

गजल लेखक तिर्थराज पुरी गजल, गीत, मुक्तक, हाइकु, कविता लेखक तथा सर्जक हुन ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार