सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । बुधबारबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी रहेको नेकपा एमालेको प्रदेश अधिवेशनमा सहमती जुट्न नसकेपछि आज मनोनयन दर्ता भएको थियो ।
शुक्रबार साढे पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने अन्तिम समय रहेकोमा प्रदेश अध्यक्षमा पाँज जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । उनका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रथम कर्णाली प्रदेश अधिवेशनमा सर्वसम्मतिबाट नयाँ नेतृत्व सम्भव नभएपछि निर्वाचन हुन लागेको हो । एमाले कर्णाली अधिवेशनले पाँच जना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् । यस्तै सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ । सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको उम्मेदवारी परेको हो।
जसअनुसार भोलि दिउँसो साढे १ बजे मतदान सुरू हुनेछ ।
संवाददाता । शुक्रबार, असोज १२, २०८० मा प्रकाशित