सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको मेहेलकुना सेवाकेन्द्रमा एकाई बैठक सम्पन्न भएको छ ।
आज सोमबार वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाकाे २१ औ वार्षिक साधारण सभा अन्तर्गत एकाई नम्बर तिनको एकाई बैठक पुर्वी सुर्खेतको मेहेलकुनामा सम्पन्न भएको हो ।
सहकारी ऐन नियम अनुसार एकाई बैठकहरु मार्फत वार्षिक साधारण सभाहरु संचालन गर्नुपर्ने व्यवस्था भए बमोजिम एकाई नम्बर ३ अन्तर्गत सुर्खेतको मेहेलकुना, रामघाट क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा वातावरण सुधार बहुउद्देश्यीय संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरण संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।
उनले ठुला– ठुला आन्दोलनले जसरी राजनीति संरचना परिर्वन हुर्दै आए त्यसैगरि राष्ट्रको सुगमदेखी दुर्गमसम्म सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए ।
सभाको उद्घाट सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष बासुदेव शर्माले राज्यको तीनखम्बे अर्थ नीतिको एक महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारीहरुहरुले राज्यको आर्थिक विकासलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
कार्यक्रमका बिशेष अतिथी गुर्भाकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण कुमार विकले वातावरण संस्थाले मेहेलकुना सेवा केन्द्रमा आफ्नो जिम्मेवारी सफलताका साथ पुरा गरिरहेको बताएका छन् ।
यस्तै वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका मेहेलकुना शाखा प्रमुख खगेन्द्र पौडेलले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही विभिन्न सामाजिक क्रियाकलापमा पनि लाग्ने बताउदै खस्कदै गएको सामाजिक सद्भाव, एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भावनाको वृद्धि गर्ने बताए ।
संस्था संचालक समिति सदस्य डिले वलिको अध्यक्षतामा सभाको एकाई बैठकले संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले पेश गरेको संस्थाको चालु आर्थिक वर्ष २०८० -०८१ को ७ अर्व ८१ करोड ५२ लाख ८० हजार चार सय ३२ रुपैयाँ ७२ पैसाको संशोधित गरेको छ । साथै आगामी आर्थिक वर्ष २०८१ -०८२ को ९ अर्व २५ करोड १८ लाख १० हजार चार सय ३२ रुपैयाँ ७२ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ ।
संवाददाता । सोमबार, असोज १५, २०८० मा प्रकाशित