Karnali Media
२०८३ असार ९ , मंगलबार

पश्चिम सुर्खेतको हुड्के क्युरेनी साढे १७ किलोमिटर सडकको सिलन्यास



सुर्खेत । सुर्खेतको बराहताल गाँउपालीका वडा न ४ को हुड्के क्युरेनी कालोपत्रेका लागी सडक सिलन्यास गरिएको छ ।

आज बिहीबार कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टको उपस्थितिमा १७ दशमलव ७ किलोमिटर सडकको सिलन्यास गरिएको हो । खड्का कन्ट्रक्सनले ६१ करोड लागतमा आगामी २०८३ अषार १५ भित्र उक्त सडक निर्माणको काम सम्पन्न गर्ने सम्झौता अनुसार सडक सिलन्यास गरिएको हो ।


उक्त सडक कालोपत्रे भएपछि हुर्के, क्युरेनी, साझघाट, कुटा, चेपाङ, ईखेनु, बुटी लगायत ठाउमा सडक यातायात सहज रुपमा सञ्चालन हुने छ । सो सडक बराहताल गाउपालीका वडा न ८, ४, ३, ५ र ६ साथै पञ्चपुरी नगरपालीकाको जामु तातापानी सम्म जोडिने छ ।

सामान्य रुपमा यातायातका साधन सञ्चालन हुदै आएको उक्त क्षेत्रमा काम सडक पिच भएपछि बाह्रै महिना यातायात सुविधा उपलव्ध हु्नेछ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार