सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा न. ६ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । आज मगंलबार वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख ढकालले सेवा प्रवाह गर्ने पहिलो थलो गर्ने स्थान भनेको वडा कार्यलय भएको बताउदै वडाबाट दिइने सेवाहरु जति व्यवस्थित तरिकाले दिन सक्यो त्यति नै नेपालको सविंधान कार्यन्वयन भएको नागरिकहरुले अनुभुति गर्ने बताइन् । उनले हिजोको दिनमा प्रशासनिक कामको लागि सिंहदरबार धाउनुपर्ने बाध्यात्मक काम आज वडा तथा पालिकामा हुने बताइन् । स्थानिय सेवाले विकास निर्माण तथा सेवा प्रवाहमा बढि भन्दा बढि परिणाम आउने गरि काम गर्नुपर्ने समेत उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाको विकास हेर्ने एैना भनेको वडा न. ६ भएकाले यसको सेवा प्रवाह तथा विकास निर्माणमा संवेदनशील हुुनुपर्ने ढकालको भनाई छ ।
यस्तै, निवर्तमान वडा अध्यक्ष मोति प्रसाद पौडेलको कार्यकालमा शिलान्यास गरेर सुचारु गरिएको भवन निर्माणको काम सम्पन्न गर्न पाउदा हर्षित भएको वडा न. ६ का वडा अध्यक्ष जनक बहादुर रावलले बताए । उनले वडा न ६ मा प्रवेश गरि सेवा लिने सेवाग्राहीहरुलाई अन्याय भएको महशुस हुन नदिने भन्दै सबैलाई सेवामा मन जिताएर पठाउने बताए ।
वडा कार्यलय निर्माणमा झन्डै २ करोडको लागतमा सम्पन्न गरेको वडा अध्यक्ष रावलको भनाई छ ।
तस्बिरहरुः
संवाददाता । मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित