Karnali Media
२०८३ असार ९ , मंगलबार

लायन्स क्लब अफ सुर्खेत गुराँसको ज्येष्ठ नागरिकको निः शुल्क स्वास्थ्य परिक्षण सम्पन्न



सुर्खेत । लायन्स क्लब अफ सुर्खेत गुराँसले ज्येष्ठ नागरिकको निः शुल्क स्वास्थ्य परिक्षण गरेको छ । आज बुधबार वीरेन्द्रनगर नगरपालिका वडा न. १ देउतीस्थान चोकमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको हो ।

विषेश गरि जेष्ठ नागरिकमा बढि मात्रामा देखिने सुगर, ब्लड प्रेसरको परिक्षण गरिएको थियो ।



गाउँका जेष्ठ नागरिक सामान्य स्वास्थ्य परिक्षण गर्न अस्पताल सम्म पुग्नुपर्ने हुदाँ उनीहरुको सहजताका लागि यो कार्यक्रमको आयोजना गरि स्वास्थ्य परिक्षण गरिएको लायन्स क्लव अफ सुर्खेत गुराँसकी अध्यक्ष लक्ष्मी भट्टराईले बताइन् ।
६० वर्ष माथिका २७ जना पुरुष र २४ जना महिला गरि ५१ जना ज्येष्ठ नागरिकले निः शुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।

 

प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार