Karnali Media
२०८३ असार १७ , बुधबार

दुल्लु नगरपालिकाले जाजारकोट र रुकुम पश्चिमको विपद् व्यवस्थापन कोषमा ५ लाख सहयोग गर्ने



दैलेख । दुल्लु नगरपालिकाले भूकम्प प्रभावित क्षेत्र जाजारकोट र रुकुम पश्चिमको विपद् व्यवस्थापन कोषमा ५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

दुल्लु नगरपालिका नगरप्रमुख भरत प्रसाद रिजालको अध्यक्षतामा मंगलबार बसेको बैठकले भूकम्प प्रभावित क्षेत्र जाजारकोटको विपद् व्यवस्थापन कोषमा २ लाख ५० हजार र रुकुम पश्चिमको विपद् व्यवस्थापन कोषमा २ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको हो । यस्तै नगरपालिकाले भूकम्पमा परी मृत्यु हुने दुल्लु नगरपालिका वडा नम्बर १३ की एलिना भण्डारी र दुल्लु ६ का प्रज्वल शाहीको परिवारलाई क्रिया खर्च बापत जनही २५/२५ हजार दिने निर्णय पनि गरेको छ ।


बैठकले शोक प्रस्ताव पारित गरेर शोक वक्तव्य निकाल्ने निर्णय समेत गरेको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार