सुर्खेत । सुर्खेत महिला जेसीजको बर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको महिला जेसीजको साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
सुर्खेत महिला जेसीजको बर्ष २०२४ को नयाँ कार्यसमितिको अध्यक्षमा मिना गुरुङ, उपाध्यक्षमा भावना राना, शिखा सोनी, मिना भण्डारी, विजया गौतम, कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सृजना गुरुङलाई १३ औं बार्षिक साधारणसभाबाट चयन गरिएको हो ।
यस्तै सचिव, सहसचिव र कोषाध्यक्ष अर्को कार्यक्रमबाट चयन हुने पनि सुर्खेत महिला जेसीजले जनाएको छ ।
संवाददाता । शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित