सुर्खेत । कार्तिक १७ गते जाजारकोटको बारेकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित जाजारकोट र रुकुम पश्चिममा नेपाल प्रहरी श्रीमती संघले राहात सामाग्री हस्तान्तरण गरेको छ ।
मंगलबार जाजारकोटको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडित ४२ जना सुत्केरी महिला, ५० जना विद्यार्थी, ३१ जना मृतकका आफन्त, र ४ जना जेष्ठ नागरिक सहित १ सय २७ घर परिवारलाई राहात समाग्री हस्तान्तरण गरिएको हो । यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिका १४ छेपारेका ४२ जना मृतकका २८ जना घरपरिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर, एक्वाबक्स र भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम सहितका राहात समाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ केन्द्रिय कार्यालयको आयोजना र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको समन्वयमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायतका पदाधिकारीहरुबाट भूकम्प प्रभावितलाई राहात समाग्री हस्तान्तरण गरिएको थियो ।
राहात सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती सघको केन्द्रिय अध्यक्ष लक्ष्मी कुवँरले जाजरकोट र रूकुम पश्चिममा स्थलगत रूपमा उपस्थित भएर वितरण गरिएको राहातले आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने हुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु गर्नुपर्ने र यो हामी सबैको साझा दायित्व रहेको बताउँदै सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघले सदैव पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्नको लागि अहोरात्र खटिरहेको र भूकम्प पीडित परिवारहरूलाई तत्काल राहात प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको बताईन ।
राहत वितरण कार्यक्रममा श्रीमती संघको अध्यक्ष सहित महासचिव अनुश्री पाख्रीन, केन्द्रिय कार्यसमिति सल्लाहाकार निलम कडायत, सह(कोषाध्यक्ष कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख तथा आठविसकोट नगरपालिकाका उप(प्रमुख धन कुमारी कुसारी लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
संवाददाता । बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित