सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका टोल विकास संस्थाहरुले “टोल देखि टोल सम्म” उदेश्य राखेर जाजारकोट भूकम्पबाट प्रभावित क्षेत्रमा श्रम सिविरको लागि प्रस्थान गरेका छन् ।
वीरेन्द्रनगरका २८ वटा टोल विकास संस्थाहरु सबैले मुठ्ठी सहयोग संकलन गरेर करिब ३० क्विन्टल खाद्यन्न सहयोग लिएर श्रम सिविरको लागि सोमबार जाजारकोटतर्फ प्रस्थान गरेका हुन । टोल विकास संस्थाका प्रत्येक सदस्यहरुले घरघरमा विभिन्न खाद्य सामाग्रीहरु संकलन गरेर खाद्यन्न सहयोग गरेका थिए ।
सहकर्मी समाजकाे समन्वयमा वीरेन्द्रनगरका टोल विकास संस्थाका १२ जना स्वयमसेवकहरु पनि जाजारकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् । स्वयमसेवकहरुले पूननिमार्ण भन्दा पहिलेका विभन्न कामहरुमा सहयोग पुराउने साथै भूकम्पबाट प्रभावित क्षेत्रमा विभिन्न सहयोग र सहकार्यका काममा सहभागि हुने सहकर्मी समाज सुर्खेतका कार्यकारी निर्देशक अमर बहादुर ऐरले बताए । कर्णाली मिडियासंग कुरा गर्दै उनले भने, “समुदायको सहयोग समुदायलाई, टोलको सहयोग टोललाई भन्ने उदेश्यले भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण पहिलेका विभिन्न काममा सहयोग पुराउने उदेश्यले टोल विकास संस्थाका सदस्यहरु जाजारकोट प्रस्थान गरेका छन् । साथै टाेल विकास संस्थाहरूले विभिन्न खाद्य सामाग्री पनि संकलन गरेर लगेका छन् । स्वयमसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा स्थानिय टोल विकास संस्थाहरुको समन्वयमा काम गर्नेछन् ।”
भूकम्पबाट प्रभावितको दुःखमा सहयात्री बन्न र भूकम्पको प्रभावलाई न्यूनिकरण गर्नका लागि सबैले हातमा हात मिलाएर सहकार्य गर्ने उदेश्यले खाद्यन्न सहयोग सहित श्रम सिविरको लागि जाजारकोट र रुकुम पश्चिम प्रस्थान गरेको टोल विकास संस्थाका सदस्यहरुले बताएका छन् ।
श्रम सिविरका लागि जाने स्वयमसेवहरुलाई विदाइ गर्न आज सुर्खेतको सहकर्मी समाजको कार्यालयमा विभिन्न वडाका वडा अध्यक्ष, सहकर्मी समाजका पदाधिकारीहरु र टोल विकास संस्थाका सदस्यहरु पनि सहभागि भएका थिए ।
भिडिओ हेर्नः
संवाददाता । सोमबार, पुष ०२, २०८० मा प्रकाशित