Karnali Media
२०८३ असार ९ , मंगलबार

सुर्खेत महिला जेसीजको चेन गुरुङलाई हस्तान्तरण



सुर्खेत । सुर्खेत महिला जेसीजले बर्ष २०२४ को अध्यक्ष मिना गुरुङलाई चेन हस्तान्तरण गरेको छ ।

शनिबार भएको पद हस्तान्तरण, पद स्थापन तथा पुरस्कार वितरण कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष सीता भण्डारीले वर्ष २०२४ को अध्यक्ष मिना गुरुङलाई अध्यक्षको चेन हस्तान्तरण गरेकी हुन् ।

सुर्खेत महिला जेसीजको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेर गुरुङलाई अध्यक्षमा चयन गरेको थियो ।


सुर्खेत महिला जेसीजको बर्ष २०२४ को नयाँ कार्यसमितिको अध्यक्षमा मिना गुरुङ, उपाध्यक्षमा भावना राना, शिखा सोनी, मिना भण्डारी, विजया गौतम, कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सृजना गुरुङलाई १३ औं बार्षिक साधारणसभाबाट चयन गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ ।

यस्तै, महासचिवमा रमा आचार्य र कोषाध्यक्षमा कमला बस्याल देवकोटालाई मनोनीत गरेको छ ।

यस्तै, वर्ष २०२३ को उत्कृष्ट जेसीजबाट मनु सुनार र सर्वाधिक संलग्नताबाट भावना रानालाई पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार