Karnali Media
२०८३ असार ९ , मंगलबार

वीरेन्द्रनगरका चोकचोकमा विहानैबाट पुस्तक बेच्दै बैज्ञानिक महाबिर पुन



सुर्खेत । राष्ट्रिय आविष्कार केन्द्रका बैज्ञानिक तथा संयोजक महाबिर पुन किताब बेच्न आज सुर्खेतको वीरेन्द्रनगर आइपुगेका छन् । आज आज विहानैबाट बैज्ञानिक पुनले वीरेन्द्रनगरको वीरेन्द्रचोकबाट किताब बेच्न सुरु गरेका छन् ।

बिरगन्ज स्थित कृषि कारखाना संचालन गर्ने रकम जुटाउन महाबिर पुन आफ्नो जिवनीमा आधारित किताब बेच्न पूर्व पश्चिम यात्रामा रहेका छन् । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विभिन्न चोक चोकमा पुगेर किताब बेच्ने उनले कर्णाली मिडियालाई बताए ।

आज वीरेन्द्रनगरका मुख्य चोकहरु वीरेन्द्रचोक, एरिचोक मंगगढी चोक, घण्टाघर चोक लगायतका स्थानमा पुगेर किताब बेच्ने उनको भनाइ छ ।


तस्बिरहरुः

प्रकाशित मिति : २०८० माघ ९ गते मंगलबार