Karnali Media
२०८३ असार ९ , मंगलबार

यज्ञ पिस होम एकेडेमीका छात्राहरुलाई आत्मसुरक्षा तालिम



सुर्खेत । सुर्खेत महिला जेसीजले यज्ञपिस होम एकेडेमीका छात्राहरुलाई आत्मसुरक्षा तालिम दिएको छ ।

बिहीबार महिला माथिको बढ्दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सुर्खेत महिला जेसीजले यज्ञ पिस होम एकेडेमीमा आत्मसुरक्षा तालिमको सम्पन्न गरेको हो ।

महिला माथिको बढ्दो शारीरिक हिंसा कायम रहेकाले यसको न्यूनीकरण गर्न महिला आत्मसुरक्षा तालिम एवं सचेतना अभियान सञ्चालन गरिँदै आएको सुर्खेत महिला जेसिजले जनाएको छ।

यो अभियान वर्ष २०२० देखि वर्ष २०२० की प्रमि शाक्यले शुरुवात गरेकी हुन् ।


सेल्फ डिफेन्सका कोच सोना थापाले कक्षा ८, ९ र १० का लगभग ४० जना छात्राहरुलाई आत्मसुरक्षा तालिम दिएकी थिइन् ।

महिलाहरू आफैले आफ्नो सुरक्षा गर्न सकुन भनेर विशेष गरेर विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि आत्मसुरक्षा तालिम संचालन गरिएको सुर्खेत महिला जेसिजकी अध्यक्ष मिना गुरुङले जानकारी दिईन् ।


महिला आत्मसुरक्षा तालिमका प्रशिक्षक सोना थापाले छात्राहरुलाई हिंसाबाट जोगिन मानसिक र शारिरीक रुपमा सक्षम हुन यो तालिम सहयोगी हुने अपेक्षा गरेकी छन् ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहीबार