सुर्खेत । तेश्रो कर्णाली एक्सपोको तयारी तिब्र पारिएको छ । सुर्खेतमा यहि फागुन १४ गतेबाट संचालन हुने कर्णाली एक्सपोकाे तयारी अन्तिम चरणमा पुगेको हो ।
कर्णाली एक्सपो संचालन हुने स्थल वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा स्टल निमार्ण, बाल उद्यान, स्वागत गेट, पिङ जडान लागायतका भौतिक तथा प्राविधिक कामहरु तिब्र गतिमा भइरहेका छन् । यस्तै कर्णाली एक्सपो आयोजक सुर्खेत उद्योग बाणिज्य संघ पनि एक्सपोको अन्तिम तयारीमा जुटेको छ ।
कर्णाली एक्सपोको मुख्य उदेश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार संगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्ने भएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले बताएका छन् । सोही अनुसार कर्णाली एक्सपोको तयारी तिब्र गतिमा भइरहेको उनको भनाइ छ ।
कर्णाली एक्सपोमा पाँच सय स्टल निमार्ण कार्य भइरहेको छ । स्टलहरुमा कर्णालीका रैथाने बाली तथा व्यापारीलाई प्राथमिकतामा राख्ने सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिएका छन् । कर्णाली एक्सपोमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती संगै, रैथाने बाली, कृषि तथा व्यापार मेला प्रदशनी, स्थानिय उत्पादनको प्रवद्र्धन र विभिन्न विषयबस्तुहरुमा ‘टक सो’ लगायतका कार्यक्रमहरु हुनेछन् ।
महोत्सवको अबधिभर सुरक्षाका लागि सिसिटिभी तथा ड्रोन क्यामेराको प्रयोग गरिने पनि आयोजकले जनाएको छ ।
संवाददाता । सोमबार, फागुन ०७, २०८० मा प्रकाशित