Karnali Media
२०८३ भदौ २८ , आइतबार

जुम्ला आए दुर्गा प्रसाईं, तस्करहरूको नाम सार्वजनिक गर्ने कार्यक्रम



‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाऊ महाअभियान’का संयोजक दुर्गा प्रसाईं प्लेन चार्टर्ड गरेर जुम्ला गएका छन्। नेपालगञ्जमा एक दिन बसेका प्रसाईं १८ जनाको टोलीसहित समिट एयरको जहाजमा बिहीबार बिहान जुम्ला गएका हुन्।

जुम्लामा प्रसाईंको आमसभा रहेको छ। त्यहाँ उनले तस्करको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।


कोहलपुरस्थित एक होटलमा बास बसेका प्रसाईंले निकटसँग २३ गते बर्दिया र २४ गते दाङ जिल्लाको कार्यक्रम सकेर भारत जाने बताएका छन्। भारतमा गएर उनले त्यहाँका गृहमन्त्रीसँग भेट्ने बताएका छन्।

प्रकाशित मिति : २०८० चैत २२ गते बिहीबार