Karnali Media
२०८३ असार २ , मंगलबार

जुम्लामा नहर भत्केपछि विद्युत् आपूर्ति बन्द



जुम्ला । जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् उत्पादनका निम्ति जलप्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो।

२५ मिटर नहर पहिरोले भत्काएको छ। ‘गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो। त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो’, उनले भने, ‘समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भयो।’


भत्केको नहर मर्मत गर्न ६ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा पालिकाका-४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ।

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट तीन लाख बजेट विनियोजन भएको छ। तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए। रासस

प्रकाशित मिति : २०८० चैत २७ गते मंगलबार