Karnali Media
२०८३ साउन ५ , मंगलबार

तपाईले ‘स्न्यापच्याट’ चलाउँनुहुन्छ ? यो किन लोकप्रिय छ ?



पछिल्लो समय ‘स्न्यापच्याट’ धेरै प्रयोगकर्ताहरूमाझ लोकप्रिय छ । को प्रयोगबारे नसुन्ने सायदै होला ।

‘स्न्यापच्याट’ सन् २०२३ मा विश्वमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालहरूको सुचीमा आठौँ नम्बरमा परेको थियो । ‘स्न्यापच्याट’ को आधिकारिक वेबसाइटका अनुसार विश्वभर स्न्यापच्याटका प्रयोगकर्ता ६० करोड छन् ।

फोटो तथा सानो आकारका भिडियो खिच्न र साथीहरूलाई शेयर गर्नका लागि धेरै मानिसहरूले यसको प्रयोग गर्ने गर्छन् ।

यसमा अफलाइनमा पनि प्रयोग गर्न मिल्ने स्न्यापच्यटका धेरै विशेषताहरू छन् जुन धेरै मानिसलाई थाहा नहुन पनि सक्छ । आज हामी तपाईँलाई स्न्यापच्याटका केहि मुख्य बिशेषताको वारेमा जानकारी दिँदै छौ ।

यस्ता छन् ‘स्न्यापच्याट’ का विशेषता :

– च्याट गरेका सबै कुराकानी २४ घण्टापछि स्वतः हराउने फिचर ।


– च्याट बक्समा फोटो तथा भिडियो सेभ गर्न सकिने ।

– धेरै फिल्टरहरू उपलब्ध हुनु ।

– च्याट र भिडियो तथा अडियो कल फिचर ।

– भिडियो तथा फोटोको लागि स्टोरेज ।

– स्न्याप ‘स्ट्रिक’ र स्कोरको दुनियाँ ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार