Karnali Media
२०८३ असार २ , मंगलबार

हतियारधारी समूहद्वारा स्थानीयहरू यार्सा टिप्न गएको मौका छोपी २३ घर र एक गुम्बामा लुटपाट



सुर्खेत । मुगुको मुगमकार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा पसेका लुटेराको समूहले २३ घर र एक गुम्बामा लुटपाट गरेको छ। स्थानीय यार्सा टिप्न गएको मौका छोपी शनिबार राति ११ बजेतिर गाउँ पसेको हतियारसहितको लुटेराको समूहले गरेको लुटपाटका क्रममा चार जना घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा गाउँका ५३ बर्षीय दोर्जे तामाङ, १८ बर्षकी शान्ति टोमा तामाङ, १७ बर्षका पेमा दोर्जे तामाङ र २६ बर्षकी टोमा छाम्जे तामाङ घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।


घरहरुबाट गरगहना, नगद लुटपाट भएको भन्ने आएको छ, यकिन मुचुल्का भएर नआएको प्रहरीको भनाइ छ । साथै प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेको अनुसन्धान पनि गरिरहेको छ ।

गाउँमा लुटेरा समूह पसेर गरेको लुटपाटका बारेमा कर्णाली प्रदेश सभाको सोमबारको वैठक सांसद जीतबहादुर मल्लले ध्यानाकर्षण समेत गराएका छन् ।

प्रकाशित मिति : २०८१ जेठ १४ गते सोमबार